भक्तपुरमा कांग्रेस विजयी

भक्तपुर, मंसिर १५ ।
भक्तपुरको प्रदेशसभामा कांग्रेस विजयी भएको छ । भक्तपुर–१ (क) प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उमेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर निर्वा्चित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् । यद्यपि निर्वाचन आयोगले औपचारिक जानकारी दिइसकेको छैन । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।