ब्रेकिङ–पर्वतमा बस पल्टियो, ३ को मृत्यु, ३५ घाईते

पोखरा, माघ ३ ।
पर्वतको मालढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बेनीबाट नारायणघाटका लागि छुटेको ग १ ख ६८०८ नम्बरको बस मालढुंगा पुल भन्दा १ किलोमिटर माथी भीरबाट पल्टिएको हो ।

दुर्घटनामा ३५ जना घाईते भएका छन् । घाईतेहरुको बागलुङ अस्पतालमा उपचार भैरहेको छ । घाईतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पर्वतका प्रहरी प्रमुख डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिए । घाईते र मृतकको पहिचान हुन सकेको छैन ।