ब्रेकिङ न्यूज–स्याङजाबाट फर्किएको ट्याक्सी पुम्दीभुम्दीमा पल्टियो, १ जनाको मृत्यु

पोखरा, कार्तिक २० ।
स्याङजाबाट पोखरा आउँदै गरेको ट्याक्सी पल्टिँदा १ जनाको मृत्यु भएको छ । ग १ ज ५४३ नम्बरको ट्याक्सी पोखरा २२ पुम्दीभुम्दी स्थित फलेंटेको मोडमा दुर्घटना भएको हो ।

ट्याक्सी सडकबाट ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा ट्याक्सी चालकको मृत्यु भएको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

यद्यपी मृतकको पहिचान खुल्न नसकेको घटनास्थलबाट पत्रकार सुरेश अधिकारीले जानकारी दिए । घटनास्थलमा भर्खर प्रहरी पुगेको छ । श्रोतका अनुसार ट्याक्सी चालक पोखरा ५ जीरो किलोमिटर बस्छन् ।
थप विवरण केही बेरमा ।