ब्रेकिङ न्यूजः पोखरामा बस पल्टियो

पोखरा, असोज १७ ।
पोखराको बेगनासताल नजिक बस दुर्घटना भएको छ । बेगनासको त्रिशुली डाँडामा ग १ ख ४७७१ नम्बरको बस सडकबाट ५० मिटर भिरमा खसेको थियो ।

दुर्घटनाबाट बसमा सवार सबै यात्रु घाईते भएका छन् । घाईते २५ जनाको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र लेखनाथ सामुदायिक अस्पताल ल्याईएको छ ।

घाईतेहरुको अवस्था मध्यम रहेको कास्की प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै प्रहरी टोली पुगेर घाईतेको उद्धार गरेको थियो ।

Photo social media