ब्रेकिङ न्यूजः पोखराको तालचोकमा शंकास्पद बस्तु भेटियो

पोखरा, कार्तिक १६ ।
पोखराको तालचोकमा शंकास्पद बस्तु फेला परेको छ । चोकमै रातो टालोमा पोको पारेर टेपले बाँधेको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो । शंकास्पद बस्तु कसले राखेको भन्ने एकिन छैन ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ जाँदै छ । शंकास्पद बस्तुबारे अहिले नै केही भन्ने अवस्था नरहेको कास्की प्रहरीका प्रबक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए । स्थानीयले बम नै हुनसक्ने आशंका गरेका छन् । तालचोक क्षेत्रमा यतिबेला त्रसित वातावरण छ ।

Photo-Sandip Poudel