ब्रेकिङ न्युज–पोखरामा ट्यांकरले किचेर १ जनाको मृत्यु, २ घाईते

पोखरा, असार १३ ।
पोखराको मालेपाटनमा ट्यांकरले किचेर १ महिलाको मृत्यु भएको छ । ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकरसँग ध १ प ५०२१ नम्बरको बाईक ठक्कर खाँदा बाईकमा सवार म्याग्दी दानाकी २५ बर्षिय बृन्दा थापाको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएकी उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा दुईजना घाईते भएका छन् । उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरी बताउँछ ।

थप विवरण आउन बाँकी ।