ब्यापार मेलामा ‘भुतघर’

पोखरा, पुस १४ ।
पछिल्लो समय महोत्सवका आयोजकहरुलाई नयाँपनको चुनौति छ । त्यसो त पोखरामा बर्सेनी दर्जनबढी मेला महोत्सव चल्छ । हरेक ठाउँमा एउटै प्रश्तुती दर्शकलाई झिँज्यार मानेरै हेर्नुपर्ने बाध्यता छ । उनीहरु हरेक ठाउँमा फरक प्रश्तुती खोज्छन् । झन् प्रत्येक बर्ष उही शैलीको महोत्सव भयो भने दर्शक घट्ने चुनौती हुन्छ । त्यसैले आयोजकहरु नयाँ प्रश्तुतीका लागि निकै मेहिनत गर्छन् ।
पोखरा उद्योग बाणिज्य संघले यही पुस २७ देखि माघ ८ सम्म औद्योगिक ब्यापार मेला आयोजना गर्दैछ । यो उद्योग बाणिज्य संघको बार्षिकी नै हो । कहिले काहीँ दर्शक भुलाउन केही नौलो देखाउन आयोजक तल्लिन छ । यसबर्षको महोत्सवमा पोखरा ईन्जिनियरिङ कलेजका विद्यार्थीहरुले तयार गरेको रोवोटिक हन्ड्रेड हाउस (भुतघर) देखाईने भएको छ ।
शुक्रबार आयोजले पत्रकार सम्मेलन गरी महोत्सवको तयारी र आकर्षणबारे जानकारी गराएको हो । ‘विद्यार्थीहरुको कौशलता पनि महोत्सवमा झल्किन्छ । भुतघर महोत्सवको नयाँ आकर्षण बन्न सक्छ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भने–महोत्सवका दर्शकलाई प्रविधी सिकाउन यो उत्तम उपाय हुनेछ ।’