बोलेरो र मोटरसाइकल ठोकिँदा मामा भान्जाको मृत्यु

नवलपुर, साउन २७ ।
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ बेसक्याम्प चोक दुम्किबासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९७ ५९ नम्बरको बलेरो गाडी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २० प ५१७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा प्युठान जिल्लाको लिवाङ ८ निवासी ३२ वर्षीय जगतबहादुर परियार र मोटरसाइकल पछाडि सवार सोही ठाउँकै १० वर्षीय बालक विवेक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जगतबहादुर र विवेक मामा(भान्जा हुन् ।

ठक्कर दिने गाडी र त्यसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।