बोक्सी आरोपमा कास्कीमा महिलामाथी कुटपिट–आरोपीलाई ६ महिना जेल

पोखरा, कार्तिक २९ ।
केही महिनाअघि कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित वडा नम्बर १ ढिकुरपोखरीका सन्तोष परियारले घरभित्रकै पुजा परियारलाई बोक्सी भन्दै कुटपिट गरे । उनले आफ्नो घरकी एक सदस्य विरामी भएपछि झारफुक गर्ने क्रममा पुजालाई बोक्सी लागेको भनेर नाम लिएपछि कुटपिट गरेका थिए ।

देवर, देवरानी, सासु र ससुरा तथा श्रीमानले समेत महिलालाई बोक्सी भन्दै हातपात गरेको स्थानीयले बताए । परियारलाई जिल्ला अदालत कास्कीले ६ महिना जेल र ५ हजार रुपैयाँ जरिवानाको सजाएँ सुनाएको छ ।