बैठक बोलाएर राष्ट्रियसभाका अध्यक्ष पाेखरा हिडेपछि……………..

काठमाण्डौं, भदौ २३ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठक छाडेर पोखरा उडेपछि शुक्रबारको महत्वपूर्ण दोस्रो बैठक प्रभावित भएको छ ।

पहिलो बैठक प्रारम्भ गरेपछि उपाध्यक्षलाई सञ्चालन गर्न लगाई अध्यक्ष तिमल्सिना मुस्ताङमा हुने एक शैक्षिक कार्यक्रममा सहभागी हुन पोखरातर्फ लागेका थिए । शुक्रबार नै दोस्रो बैठक पनि बस्नुपर्ने थियो ।

तर, बैठक सुरु गर्न अध्यक्ष नै उपस्थित हुनुपर्ने नियमावलीमा रहेको व्यवस्थाका कारण दोस्रो बैठक बस्दै नबसी स्थगित भएको हो । खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।