बेलाउती अड्किएर बालकको मृत्यु

पोखरा, कार्तिक ९ ।
स्याङजामा बेलाउती अड्किएर एक बालकको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाा १३ सिख्रेका प्रकाश नेपालीको ५ बर्षिय छोरा प्रिन्स नेपालीको मृत्यु भएको हो ।

बेलाउती खाने क्रममा घाटीमा अड्किएर उनको मृत्यु भएको हो । बेलाउती अड्किएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोमा बाटोमै मृत्यु भएको हो ।