बेगनास ताल डुंगा दुर्घटनामा ८ जनाकाे मृत्यु, बेपत्ता सबैको शव भेटियो

पोखरा, भदौ २४ ।

कास्कीको बेगनास तालमा शनिवार दिउँसो भएको डुंगा दुर्घटनामा बेपत्ता सबैजनाको शव भेटिएको छ । दुर्घटनामा ६ जना बेपत्ता भएका थिए ।

अाइतबार अपरान्न सुरक्षा निकाय, नेपाली सेना र सशस्त्रको गोताखोर टोलीले तालमा खोजी गर्दा पहिलो चरणमा ५ र दोश्रो चरणमा १ गरी ६ जनाकै शव भेटिएको हो ।

बेपत्ता पछि फेला पर्नेमा नवलपरासी गैंडाकोट घर भएका वर्ष ३२ का रवी खनाल, उनकै छोरा वर्ष ७ का शंकर खनाल र बर्ष आठका शिव खनाल छन् । यस्तै ५ बर्षिय प्राचिन पौडेल, वर्ष पाँचका रञ्जित गैह्रे र १७ बर्षिया की मनिषा बजगाईं रहेका छन् ।

भेटिएका सबै शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । डुंगा गन्तव्यमा पुग्नुभन्दा करिव दुई सय मिटर वर पल्टिएको थियो । डुंगामा सवार २ जना सकुसल रहेका लेखनाथका पत्रकार भीमपाणी बरालले जानकारी दिए ।