बेगनास तालमा डुङगा पल्टियो, एकजनाको मृत्यु, ५ बेपत्ता

प्रदीप पौडेल
पोखरा, भदौ २३ ।
लेखनाथको वेगनास तालमा डुंगा पल्टिँदा १ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् । डुंगामा सवार ४ जनाको भने जीवितै उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ ।

डुङगा पल्टिएको खबर पाउने वित्तिएकै प्रहरी टोली उद्धारका लागि बेगनासतालमा पुगेर ४ जनाको उद्धार गरेको थियो । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी ।