बेगनासताल डुंगा दुर्घटना–मृत्यु हुनेको संख्या दुई पुग्यो

पोखरा, भदौ २३ ।
बेगनासतालमा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । अझै ५ जना बेपत्ता छन् ।

मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् ।

बजगाइँको लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बेगनासका गणेश कंडेलको घरमा दर खान पुगेका आफन्तहरु डुंगामा ताल घुम्न गएको बेला दुर्घटना भएको स्थानीयले बताए । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको हो ।

ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन् । उद्दार गरिएका सपना खनाल, निशा पौडेलको यतिबेला लेखनाथ समुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दर खान आएका आफन्त सवार डुंगा पल्टिएपछि बेहोस भएका स्थानीय कमलराज कडेंललाई पनि उपचारका लागि अस्पताल पुर्याइएको छ । उनी अर्काे डुंगामा सवार थिए ।

बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।