बेगनासतालमा डुंगा डुब्दा २ जना घाईते

पोखरा, असोज ७ ।
बेगनासतालमा लापरबाहीका कारण जलकुम्भी झार फाल्ने मेसिन पल्टिँदा २ जना घाइते भएका छन् । अनावश्यक भीडभाडका कारण मेसिन पल्टिएको छ । शनिवार मेसिनमा सवार १० जनामध्ये ८ जना सामान्य छन् ।

यसअघि बेगनास तालमै भदौ २३ गते शनिबार क्षमताभन्दा बढी र लाइफ ज्याकेट नलगाई चढेका कारण डुंगा डुवेर ६ जनाको मृत्यु भएको थियो । दुर्घटनाका घाइते बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट र डुंगा व्यवसायी समितिका अध्यक्ष सोमराज कँडेलको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार भएको छ ।

मेसिनमा पोखरा ३१ का अध्यक्ष कमलबहादरु थापा, वडा सदस्य विष्णुबहादुर भुजेल, वडा ३१ का इन्जिनियर विमल आचार्य, पत्रकार नवराज सापकोटा, डुंगा व्यवसायी समितिका सदस्य सविन सापकोटा, मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द जलारी र ज्ञानु जलारी सहितको टोलि सवार थियो ।

मेसिनमा सवार केहीले लाइफ ज्याकेटसमेत लगाएका थिएनन् । यसअघि फिर्केखोला किनारा चक्ल्याउने अभियानका क्रममा पोखराका मेयर मानबहादुर जिसी जिसी डोजरमा चढ्दा अन्जानबस डोजर चलेपछि दुर्घटना भएको थियो ।

शनिबार बेगनास तालमा पल्टिएको मेसिन बाहिर निकालिएको छ । फेवातालमा भएको जलकुम्भी फाल्ने मेसिन केही दिनका लागि बेगनासतालमा लगिएको थियो । जलकुम्भीको प्रकोप बढेपछि पोखरा महानगरपालिकाको सहयोगमा बेगनासतालमा मेसिन प्रयोग गरिएको हो ।

File Photo