बेगनासतालमा डुंगा चढ्दा हृदयघातले प्रदेशसभाका उपसचिवको मृत्यु

पोखरा, चैत ३ ।
बेगनासतालमा डुंगा चढ्दा हृदयघात हुँदा प्रदेश ४ का प्रदेशसभा सचिवालयका उपसचिव परशुराम पोख्रेलको निधन भएको छ । शनिबार दिउँसो ३ बजेतिर बेगनासतालमा अरु कर्मचारीसँगै डुंगा चढ्न गएका उनको हृदयघातबाट मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । डुंगा चढेकै बेला अप्ठेरो भयो भनेका उनी डुंगाबाट ओर्लेर गाडीसम्म हिडेरै पुगेका थिए । त्यसपछि लेखनाथ सामुदायिक अस्पताल लगिएको थियो । उनको अस्पतालमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोख्रेल माघदेखि प्रदेशको सचिवालयमा कार्यरत छन् । ५६ बर्षिय उनले स्वेच्छीक अवकासका लागि निवेदन समेत बुझाएका प्रदेशसभा सचिवालयका उपसचिव नगेन्द्रराज पौडेलले जानकारी दिए । पोख्रेल लमजुङका स्थायी बासिन्दा हुन् । प्रदेशसभामा उनले कर्मचारी ब्यवस्थापनको काम गर्दै आएका थिए ।