बिहेको भोज खाँदा तनहुँमा ३५ जना बिरामी

पोखरा, बैशाख २० ।
तनहुँमा विहे भोज खाएका ३५ जना विरामी भएका छन् । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएका उनीहरु बिरामी परेका हुन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् ।

बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ । चार जनाको अवस्था गम्भीर छ । कोभिड परीक्षणका लागि उनीहरुको स्वाव समेत संकलन गरिएको व्यास नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले जानकारी दिए ।