बिमलको संयोजनमा सयौं युवा काँग्रेस छिरे

पोखरा मंसिर १७ ।
शनिबार कास्की क्षेत्र नम्बर १ का सयौं युवाहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । युवा ब्यवसायी विमल बस्यालको संयोजनमा ४ सय ५० भन्दा बढी स्वतन्त्र युवाहरु काँग्रेसमा प्रबेश गरेका हुन् । शनिवार एक कार्यक्रमका बीच कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं कास्की क्षेत्र नम्बर १ का उम्मेदवार यज्ञबहादुर थापा र क्षेत्र नम्बर १ प्रदेशसभा (ख)का उम्मेदवार कृष्ण केसीले खादा लगाएर युवाहरुको स्वागत गरे ।
कार्यक्रममा सफल युवा ब्यवसायी विमल बस्यालले आँफु नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेको उद्घोष पनि गरेका छन् । यसअघि नै काँग्रेसमा जोडिएका बस्याल उद्यमशिलतामा लागेपछि केही निष्क्रिय देखिएका थिए । ‘नेपाली काँग्रेस राष्ट्रिय पार्टी हो । काँग्रेसको छाप सातै प्रदेशका कुनैपनि मतपत्रमा छुटेको छैन, उनले भने–काँग्रेसबाहेक कुनैपनि पार्टीको चुनाव चिह्न फरक निर्वाचन क्षेत्रमा देख्नुहुन्न । तर काँग्रेसको रुख चिह्न सातै प्रदेशका सबै निर्वाचन क्षेत्रमा छन् । यही काँग्रेसको जीत हो ।’ यो चुनाव जनमत संग्रह पनि भएकाले सबैको साथ आवश्यक भएको उनको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार यज्ञ बहादुर थापाले युवाको साथले चुनावमा जीत नजिक पुगिसकेको धारणा राखे । ‘यति धेरै युवाहरु हाम्रो साथमा हुनुहुन्छ । हामीले चुनाव जितिसक्यौं, उनले भने–अव प्राविधिक रुपमा नतिजा आउन मात्रै बाँकी छ ।’ प्रदेशसभा (ख) का उम्मेदवार कृष्णबहादुर केसीले मतदातासँग काँग्रेसको विकल्प नभएको बताए । ‘विगतमा कम्युनिष्टहरुलाई जिताएर परिक्षण गरिसकेका छन् । काँग्रेसले जित्दा सँधै देशले जित्छ, उनी भन्छन्–अहिले देश संकटमा छ । त्यसैले काँग्रेसको जीत अपरिहार्य छ ।’
कार्यक्रममा कास्की क्षेत्र नम्बर १ प्रदेश (ख) चुनाव परिचालन समिति संयोजक सरस्वती गुरुङ, युवा परिचालन संयोजक दीपक गुरुङ (माईला), अर्थ परिचालन संयोजक सुनिल गुरुङ लगाएतले काँग्रेससँग सबैको आस्था जोडिएकाले राष्ट्रिय एकता र समृद्धीका लागि काँग्रेसको विकल्प नभएको बताए । विमल बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले सञ्चालन गरेका थिए ।