बिजय गच्छदार पाँच सय मतले अगाडि

पोखरा, मंसिर २७ ।
प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये जितको छिनोफानो हुन बाँकी एकमात्र क्षेत्र सुनसरीको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले पछिल्लो समयमा अग्रता लिन थालेका छन् ।
ताजा अवस्थामा गच्छदारले नेकपा एमालेकी भगवती चौधरीलाई ५ सय १९ मतले पछाडि पारेका छन् । सुनसरी ३ मा जम्मा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३ सय ९१ मत गणना भएको छ भने अब ६ हजार ८ सय ६ मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।