बाल्टिनको पानीमा डुवेर एक बालिकाको मृत्यु

पोखरा, कार्तिक ५ ।
लमजुको सुन्दरबजार नगरपालिका ६ शितलचौतारामा एक बालिकाको मृत्यु भएको छ । रामशरण परियारकी १५ महिनाकी छोरी लिजा परियारको बाल्टिनमा राखेको पानीमा डुवेर मृत्यु भएको हो ।

पानीमा डुवेर बेहोस भएकी उनको उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।