बालुवाटारमा ओली र नारायणकाजीको जुहारी !

काठमाण्डौं, साउन १२ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा साउन ७ गते साँझ नेकपाको सचिवालय बैठक डाकिएको थियो । बैठकमा प्रधानमन्त्री केपी ओली र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठवीच भनाभन भयो । प्रचण्ड पनि केपी ओलीतिरै लागे ।

प्रधानमन्त्री ओली र प्रचण्डसँग भनाभन परिसकेपछि प्रवक्ता श्रेष्ठले ‘तपाईहरुको प्रवक्ता तपाईहरु नै राख्नोस्’ भन्दै त्यहीँ लिखित राजीनामा बुझाए । श्रेष्ठको राजीनामा अहिलेसम्म स्वीकृत हुन बाँकी छ ।

प्रधानमन्त्री ओली र प्रवक्ता श्रेष्ठवीच सुरुमा केही वैचारिक प्रश्नमा विवाद परेको थियो । तर, ओलीले जब सुशीला कार्की र डा. गोविन्द केसीसँग किन भेटेको भन्दै नारायणकाजीलाई प्रश्न गरे, त्यसपछि परिस्थितिले अर्को मोड लियो ।

https://www.onlinekhabar.com/2018/08/695966पूरा पढ्न क्लिक गर्नुस् ।