बालयौन दुराचार आरोपमा पोखराबाट पक्राउ परे अष्ट्रेलियाका प्याराग्लाईडिङ पाईलट

पोखरा, साउन ७ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) र कास्की प्रहरीले पोखरामा बालयौन दुराचारमा संग्लन रहेको आरोपमा अस्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ । प्रहरी टोलीलले प्याराग्लाईडिङ पाइल अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई पक्राउ गरेको हो ।

टोलीले ६३ बर्षिय थोमस अल्फ्रेड बेरिम्यानको कोठाबाट अन्दाजी १५ वर्षका दुई बालकको पनि उद्धार गरेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । अप्राकृतिक यौन सम्बन्ध राखेको र अन्य बालक माथि पनि यौन दुराचार गरेको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्की थप अनुसन्धानका लागि राखिएको छ ।

प्रहरीले मंगलबार बिहान थोमस बस्दै आएको पोखरा ६ डिहिकोपाटन स्थित घरमा छापा मारेको थियो । उनी कामदार भिसामा तिन बर्ष देखी नेपालमा बस्दै आएका छन् । थोमसलाई बाल यौन दुराचारको मुद्दा दर्ता गरी म्याद थपका लागि जिल्ला अदालत पठाइसकिएको एसपी कार्कीले बताए ।