बाबुरामसँग चुनाव हारेका नारायणकाजी राष्ट्रियसभाको उम्मेदवार

पोखरा, पुस १८ ।
आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । बालुवाटारमा बसेको सचिवालय बैठकले सबै प्रदेशका उम्मेदवार टुंगो लगाएको हो ।

प्र्रतिनिधिसभा सदस्यमा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग चुनाव हारेका नेकपा नेता नारायणकाजी श्रेष्ठलाई नेकपाले गण्डकी प्रदेशबाट राष्ट्रियसभामा लैजाने तयारी गरेको छ । पार्टी प्रबक्ता समेत रहेका श्रेष्ठ सहित गण्डकीबाट महिलातर्फ भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ । यहाँबाट नेपाली काँग्रेसका सांसदहरु सुरेन्द्र पाण्डे र महिलातर्फ वृन्दा रानाको कार्यकाल सकिन लागेको हो ।

प्रदेश १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अछाम र अन्यमा देवेन्द्र दाहाल उम्मेद्वार बन्ने पक्का भएको छ । यस्तै, प्रदेश २ मा महिलातर्फ तुलसा दाहाल र दलितमा राधेश्याम पासवान, प्रदेश ३ मा महिलातर्फ गंगा वेल्वासे र अन्यमा बेदुराम भुषाल उम्मेदवार बनेका छन्् ।

प्रदेश ५ मा महिलातर्फ विमला घिमिरे, अल्पसंख्यकमा जगतप्रसाद शर्मा र अन्यमा गोपाल भट्टराई छन् भने कर्णालीमा अन्यबाट मायाप्रसाद शर्मा र महिलामा सुमित्रा विसी उम्मेदवार बनेका छन् । उता सुदुरपश्चिममा चाही अन्यमा तारामान स्वार र महिलामा शारदा भट्टलाई उम्मेदवार बनाउने टुंगो लागेको हो ।