बाबाको अश्लील भिडियो लीक, प्रहरीले शुरू गर्यो अनुसन्धान

काठमाण्डौं, कार्तिक ३० ।
बाबाको भेषमा बसेका व्यक्तिले युवतीहरूसँग अश्लील हर्कत गरेपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ । भारतको राजस्थानको एक शहरमा एक बाबाको अश्लिल भिडियो भाइरल भएको हो । जसमा उनले बाबाको भेशभूषामा केही महिलाहरूसँग अश्लील हर्कत गरिएको देखिएको एजेन्सीले बताएको छ ।

भिडियो लिक भएपछि स्थानीयले उनीमाथि कारबाहीको माग गरेका छन् । प्रहरीले उक्त भिडियो बनाउनेमाथि कारबाही शुरू गरेको छ ।

यस घटनाका विषयमा जोधपुर ईस्टका डीसीपी धर्मेन्द्र कुमार यादवले सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान शुरू गरेको बताएका छन् ।