बाढी पीडितलाई अमेरिकामा बस्ने मुस्ताङीको सहयोग

सुन्दरकुमार थकाली
मुस्ताङ, कार्तिक १ ।
अमेरिकामा बसोबास गरिरहेका मुस्ताङीहरुको सामाजिक संस्था मुस्ताङ किदुक यूएसएले मुस्ताङको लुप्रा गाउँ र तराईका बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले लुप्रा गाउँलेलाई ४ लाख १२ हजार र तराईका बाढी पीडितलाई ६ हजार डलर सहयोग गरेको हो । संस्थाले काठमाण्डौं स्थित मुस्ताङ समाजलाई सहयोग पठाएको हो ।
मुस्ताङ किदुकद्धारा प्राप्त सहयोग रकम बुधवार एक समारोहका बीच बाह्र गाउँ मूक्तिक्षेत्र गाउँपालिका वडा नं.१ लुप्रा बस्तीमा हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष बिर बहादुर गुरुङको रोहबरमा गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ (धारा)ले गाउँ मूखिया पाल्साङ छिरिङ गुरुङलाई रकम हस्तान्तरण गरेका हुन् ।
सहयोग कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेनले अमेरिकामा बसोबास गरेका मुस्ताङी समूदायले देखाएको मानवियता अरुले पनि सिको गर्ने खालको रहेको बताए । उनले यस्तो सहयोग आवश्यक परे आगामी दिनमा पनि गर्न उनको आग्रह छ । उनले मुस्ताङको प्रमुख ठाउँ भएर पनि ओझेलमा परेको लुप्रा बस्तीलाई संरक्षण र संबद्र्धनको खाँचो रहेको बताए ।
वडा अध्यक्ष बिरबहादुर गुरुङले अमेरिकी संस्था किदुक यूएसएले पू¥याएको सहयोग प्रति प्रशंसा गरे । कर्मथलो अमेरिका भएपनि जन्मथलो मुस्ताङ र तराईका बाढी पीडितका नाममा चन्दा संकलन गरि राहत सहयोग गर्नु सह्रानीय काम भएको भन्दै उनले यस्ता सहयोगको निरन्तरता आवश्यक हुने बताए ।
सहयोग रकम बुझ्दै गाउँ मुखिया पाल्साङ छिरिङ गुरुङले सहयोगले लुप्रा बस्तीलाई गुन लगाएको बताए । ‘हाम्रो समस्या नै बस्तीको संरक्षण हो । बाढीले धेरैको खेतबारी बगाएको छ, उनले भने–यस्तो कटान नियन्त्रण गर्नु मुख्य आवश्यक्ता हो । सरोकारवालाले चासो दिनुस् ।’
स्थानीय बोनलामा छुल्डिम गुरुङले १३ सयवर्ष पुरानो इतिहास भएको लुप्रा बस्ती पछिल्लो समय जोखिममा परेको गुनासो गरे । केहि महिना अघि लुप्राको ठाँडो खोलाको कटानले लुप्रा बस्ती जोखिममा परेको हो । नदी कटानले स्थानीयको खेतबारी तथा केहि ऐतिहासिक संरचना बगाएको स्थानीयबासी बताउँछन् । बस्ती करिव १३ सय वर्ष पुरानो मानिन्छ ।