बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी
काठमाण्डौं, पुस ४ ।
बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् । सीआईबीले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड रुपैयाँ राजश्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार उनीहरुले कम्पनीमार्फत २ अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । तर एकरुपैयाँ पनि कर तिरेका थिएनन् ।