बाटुलेचौरमा १ महिने निःशुल्क बुटिक तालिम शुरु

पोखरा, साउन २४ ।

लायन्स क्लव अफ कैलाश चौतारीको आयोजनामा बाटुलेचौर मैदानमा १ महिने निःशुल्क बुटिक तालिम शुरु भएको छ ।

लायन्स क्लव अफ पोखरा ३२५ बि वानका सेकेण्ड भिडिजी विश्वेश्वर आचार्यले एक समारोहका बिच उक्त तालिमको उद्घाटन गरेका छन् । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले महिलाहरुको स्वरोजगारका लागि पनि तालिम महत्वपूर्ण हुने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यले तालिमका लागि मात्रै तालिन नलिन आग्रह गर्दै यसलाई व्यवहारमा लागू गर्न सक्ने गरि सिक्न आग्रह गरे ।

झण्डै २ लाख खर्च लागत अनुमान रहेको तालिम कालिका बहुउद्येश्यि भवनमा सञ्चालन गरिएको छ । तालिममा स्थानिय ५० महिलाको सहभागिता रहेको कार्यक्रम संयोजक विजयराज वाग्लेले जानकारी दिएका छन् ।

आयोजक क्लवका अध्यक्ष तुलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सचिव केशब दवाडीले सञ्चालन गरेका थिए ।

यसैबिच सोही क्लव तथा मदर क्लव न्यूरोड चौतारीको संयुक्त आयोजनामा बाटुलेचौरमा बृक्षारोपण कार्यक्रम पनि सम्पन्न भएको छ ।

चण्डिकाटोल, क्रियापुत्री भवन वरपर धुपी, समी, आँप, अशोक, पारिजान लगायतका ४० बृक्षा रोपिएको कार्यक्रम संयोजक समेत रहेका क्लवका सदस्य कृष्ण पौडेलले जानकारी दिए । लायन्स क्लव क्लष्टर १७ का प्रमुख बसन्त गिरीले बृक्षारोपण गर्दै सो कार्यक्रमको उद्घाटन गरेका थिए ।