बाग्लुङ दुर्घटना – मृतक सबैको पहिचान खुल्यो (अपडेट)

 

बाग्लुङ, मंसिर १७ ।

बडिगाउँ जिप दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेहरुमा जीप चालक रेशम थापा (२५), गुल्मी इस्मा गाउँपालिका ५ की माया थापा (२३ ), बसुन्धरा कार्की, तुलसी कार्की, भूमि कार्की (४५), मीना कार्की (२५), धनबहादुर कार्की, झवि कार्की (४०), सीता कार्की(४०) अनुसा कार्की (२), महेन्द्र कार्की (४०) र मीना बस्नेत २५ र सुचना कार्की छन् ।

त्यस्तै नवलपरासी वर्दघाटकी लक्ष्मी केसी (५५) छन् ।

अन्दाजी ५ वर्षीय बालिकासहित एकजनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

गुल्मीको तम्घासबाट बाग्लुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

कूलपूजाका लागि रिजर्भ गरेर ल्याइएको जीप सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको बुर्तिवाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेहरुको थप उपचारका लागि काठमाडौंबाट सेनाको हेलिकप्टेर आउँदै गरेको प्रहरीले जनाएको छ ।
(ईमेजखबरबाट साभार)