बागलुङमा चट्याङले २ जनाको मृत्यु

पोखरा, असार १० ।
बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिललाको ढोरपाटन नगरपालिका ५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।
चट्याङ लागेर उनकी श्रीमती यमकुमारी विक घाइते भएकी छिन् । चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको बागलुङ प्रहरीले जनाएको छ ।