बाख्रा चराउन गएकी १२ वर्षीया बालिका मृत फेला, बलात्कारपछि हत्या गरिएको आशंका

उदयपुर, कार्तिक २५ ।
उदयपुरमा शनिबार एक १२ वर्षीया बालिकाको मृत अवस्थामा फेला परेकी छिन् । रौतामाई गाउँपालिका वडा नम्बर ३ लाफागाउँ अमला भन्ज्यांग घर भएकी १२ वर्षीया बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

शनिवार दिउँसो २ बजे बाख्रा चराउन गएकी बालिका घर फर्केर नआएपछि घर परिवार र आफन्तले खोजी गर्ने क्रममा मृत फेला परेको वडाअध्यक्ष दुर्गराज खड्काले बताए ।

खड्काले भने–‘शरीरमा लगाएको कपडा च्यातिएको अवस्थामा फेला परेको छ, बलात्कारपछि हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।’

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा प्रहरी टोली छानबिनका लागि घटनास्थलतर्फ गएको प्रहरी उपरीक्षक चन्ददेव राईले जानकारी दिए ।