बाँकी छैन सिंह दरबार पनि, ४६ रोपनी जग्गा अतिक्रमण

काठमाण्डौं, बैशाख १८ ।
आजको नयाँ पत्रिका दैनिकले सिंहदरबारकै जग्गा अतिक्रमण भएकोबारे खबर छापेको छ । सिंहदरबरको पूर्व अनामनगरतर्फ कुलो र गोरेटो मात्रै थियो । ०४७ मा सडक निर्माण योजना बन्यो ।

सडक बनाउँदा चल्तीको गोरेटोलाई केन्द्र बनाएर दुबैतर्फ बराबरी जग्गा उपयोग गर्नुपर्नेमा शतप्रतिशत जमिन सिंहदरबारको मात्रै मिचियो । पर्खालभित्रबाट सडक निर्माण गर्दा सिंहदरबारको ४६ रोपनी ६ आना जग्गा अतिक्रमण भयो ।

पूर्वपट्टी आफ्नो निजी जग्गा जोगाउन एकतर्फी गर्दै रामबहादुर रावल नेतृत्वको आयोगले जग्गा फिर्ता गराउन सिफारिस गरेको थियो । तर ०५२ मा प्राप्त प्रतिवेदनउपर सरकार २४ वर्षसम्म मौन छ ।