बस र ट्रक ठोकिँदा तनहुँमा ५ घाइते

पोखरा, साउन १५ ।
तनहूँको बेलभञ्ज्याङमा बस र ट्रक एकआपसमा ठोकिँदा ५ जना घाईते भएका छन् । बन्दिपुर गाउँपालिका १ बेलभञ्ज्याङमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख ३८३० नम्बरको बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ४ ख २९६३ नम्बरको ट्रक ठक्कर खाएका हुन् ।

दुर्घटनामा दुवै गाडीका चालक घाईते छन् । उनीहरुको तनहुँ स्थित विभिन्न अस्पतालमा उपचार भैहरेको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।