बस दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु

पोखरा, कार्तिक १५ ।
सिन्धुपाल्चोकको गोल्फु भञ्ज्याङबाट काठमाडौं आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा तीनजनाको घटानास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस साँखुको फेदीजंगलमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई महिला र एक पुरुष गरी तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। बसमै सवार अन्य २४ जनाभन्दा बढी घाइते छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।