बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु !

पोखरा, मंसिर १६ ।
धादिङको थाक्रेमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । काठमाण्डौंबाट धादिङ जाँदै गरेको ग्रामिण यातायातको बसले बा ३६ प ८३५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

दुर्घटनापछि बस फरार छ । मृतकको पहिचान हुन नसकेको घटनास्थलबाट पत्रका सुधिर अर्यालले डिएनएलाई जानकारी दिए । बसको खोजी भैरहेको प्रहरीले जनाएको छ ।