बसले मोटरसाईकललाई ठक्कर दिँदा पोखराका कुवँरको मृत्यु

पोखरा, बैशाख ९ ।
तनहुँको गुणादीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा महानगरपालिका–३३ का ३१ बर्षिय सन्दिप कुवँरको मृत्यु भएको हो ।

दुर्घटनामा परि घाइते कुवँरलाई उपचारका लागि दमौलि अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो । सोमबार म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादीमा ना ६ ख ८४१० नम्बरको बस र प्रदेश नं ३–०२–००१ प ६०३५ नम्बरको मोटरसाइकल ठोकिएका थिए ।

त्यस्तै मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका–७ मासबारकी २५ बर्षिया सिर्जना रावत घाइते भएकी छिन । रावतको दायाँ खुट्टा र छातिमा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

घाइते रावतको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भईरहेको र बस, मोटरसाइकल र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।