बसको भाडा भन्दा जहाजको भाडा सस्तो, १४ सयमा पोखरा काठमाण्डौं जान पाईने

पोखरा, कार्तिक ८ ।
यात्रु नपाएपछि पोखरा काठमाण्डौं रुटमा जहाजको भाडा ह्वात्तै घटेको छ । बुद्ध र यति एयरलाईन्सले यात्रु तान्न भाडादर नै घटाएका हुन् ।

काठमाडौबाट पोखराका लागि पहिलो फ्लाइटको भाडादर यतिको १४ सय ३० र बुद्धको १५ सय रुपैयाँ रहेको एयर लाइनसको अनलाइनमा उल्लेख छ । यो दर पहिलो बाहेककोमा भने हैन । यसअघि काठमाडौंबाट पोखराको एकतर्फि भाडादर ४२ सय रुपैयाँ छ ।

केही समयका लागि सस्तो भाडा दर तोकेको कम्पनीले जनाएको छ । इ – सेवाबाट टिकट काट्दा ४ प्रतिशत क्यासब्याक पाइने सेवा समेत छ । पोखराका लागि बुद्धको एयरको पहिलो फ्लाइट बिहान ७ः१५ बजे, यतिको ७ः०५ बजे रहेको छ ।

पोखराबाट काठमाडौ जान आउनका लागि सुविधा सम्पन्न बसको भाडा २ हजार रहेको छ । मागका आधारमा दर बढ्ने भएकाले माग बढेमा जहाजले भाडा बढाउने जनाएको छ