बल्ल टुंगियो पोखरा अन्तराष्ट्रिय एयरपोर्टको डिजाईन (भिडियो हेर्नुस्)

पोखरा, भदौ ६ ।
पोखरामा बन्ने अन्तराष्टिय विमानस्थलको डिजाईन टुंगो लागेको छ । बुधबार एक कार्यक्रमका बीच एयरपोर्टको डिजाईन सार्वजनिक गरिएको हो । आजैदेखि एयरपोर्टको टर्मिनल भवनको काम पनि सुरु भएको छ ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारीले भवनको शिलान्यास गरे । निर्माणको शिलान्यास भएको करिब डेढ बर्षपछि टर्मिनल भवनको डिजाईन पूरा भएको हो । २०७३ साल बैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एयरपोर्टको शिलान्यास गरेका थिए ।

२०२० जुलाई सम्ममा काम सक्ने लक्ष्य लिईएको एयरपोर्ट निर्माणको काम विभिन्न कारण देखाउँदै एक बर्ष थप गरिएको छ । सन् २०२१ को जुलाई पहिलो तारिखमा निर्माण कम्पनीले सरकारलाई एयरपोर्ट हस्तान्तरण गर्ने र सोही दिनदेखि विमानबाट उडान भर्ने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।