बलात्कार र हत्या विरुद्ध पाेखरामा विद्यार्थीको प्रदर्शन–’महिला सुरक्षा ज्ञारेण्टी गर !’ (भिडियो)

पोखरा, असोज ११ ।
देशभरी महिला हिंसा र बलात्कार तथा हत्याका घटना प्रतिदिन बढ्न थालेपछि पोखराका साना विद्यार्थीहरु पनि आन्दोलनमा होमिएका छन् । महिला हिंसा विरुद्धको आन्दोलनमा उनीहरुले विहिबार पोखरामा जुलुस नै निकाले ।

विद्यार्थीहरुले महिला सुरक्षा ज्ञारेण्टी र हिंसा अन्त्य गर्न नसकेको भन्दै सरकार विरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले सरकारको कडा आलोचना मात्रै गरेनन् राजीनामा समेत माग्न भ्याए ।

पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनार, कञ्चनपुरकी निर्मला पन्त लगायत पछिल्लो समय भएका बलात्कारपछिको बालिका हत्या विरुद्ध पोखरामा विद्यार्थी संघ संगठन, सर्वसाधारण नागरिकहरु र राजनीतिक दलका प्रतिनिधीहरुले पनि चर्को विरोध गरिरहेका छन् । उनीहरुले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि सरकारलाई दवाव दिएका हुन् ।