बलात्कार गरेको आरोपमा पोखराबाट एकजना पक्राउ

पोखरा, पुस २२ ।
कास्की प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १७ निर्माणाधिन घरमा ज्यामी काम गर्ने एक महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा भारत घर भई हाल पोखरा ८ सृजनाचोक बस्ने वर्ष २५ को जाफुरलाल हुसेनलाई पक्राउ गरेको हो ।

पोखरा १७ सांग्रिलामार्ग बसी सोही घरमा ज्यामी काम गर्ने १७ वर्षिया एक युवतीलाई जवरजस्तीकरणी गरेको सुचना पाएपछि प्रहरी टोलिले उनलाई पक्राउ गरेको बताएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।