बलात्कारपछि हत्या गरिएकी श्रेयाको परिवारलाई महानगरले १ लाख दिने

पोखरा, असोज २६ ।
दुईसाता अघि पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या भयो । परिवारको आर्थिक अवस्था निकै कमजोर छ । बहिनीको हत्यापछि घर चलाउँदै आएकी श्रेयाकी दिदीले काम गर्न छोडिन् । अहिले सुनार परिवारमा आम्दानीको मुल ट्याप्पै सकेको छ ।

पोखरा महानगरपालिकाले राहात स्वरुप श्रेयाको परिवारलाई १ लाख रुपैयाँ नगद सहयोग गर्ने भएको छ । शनिवार श्रेयाको घरमै पुगेर महानगरका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ सहितको टोलिले सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम छ ।