बर्षातको पानीले पोखराका सडकमै ताल (भिडियो सहित)

पोखरा, बैशाख ४ ।
पोखरामा मंगलबार दिउँसो असिना पानी परेको छ । असिना पानीले विभिन्न क्षेत्रमा बाली नालीमा असर गरेको छ । करिब २ घण्टा सम्म परेको पानीले सडक जलथल भएको छ ।

पोखरामा मंगलबार दिउँसो मात्रै २७ दशमलब ७ मिलिमिटर पानी परिेको क्षेत्रीय हावापानी कार्यालयले जनाएको छ । विगत २४ घण्टामा भने ३८ दशमलब १ मिलिमिटर पानी परेको कार्यालयले जनाएको छ । प्रि मनसुन सुरुभएका कारण पानी परेको कार्यालयको भनाई छ ।

अघिल्लो वर्षको हिउँद र अहिले सम्म परेको पानी मंगलबारको सबै भन्दा ठुलो भएको बताए । सडकमा भलपानी ढाकिए पछि गाडी गुडाउन पनि कठिन भएको थियो ।