बराल नेविसंघको आमन्त्रीत केन्द्रिय सदस्य

पोखरा, जेठ ६ ।
कास्कीका ठाकुर बराल नेविसंघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । जेठ ५ गतेको पत्रमार्फत नेविसघंका केन्द्रिय अध्यक्ष नैनसिंह महरले बराललाई केन्द्रिय सदस्यमा मनोनयन गरेका हुन् ।

१२ बर्षअघिदेखि विद्यार्थी राजनीतिमा लागेका बराल २०६३ सालमा शुक्रराज मावि पुम्दिको नेविसंघ सभापति भएर काम गरेका थिए । त्यसपछि २०६६ मा उच्च मावि सभापति हुँदै २०६७ नेविसंघ कास्कीको जिल्ला सदस्य बनेका थिए ।

कास्कीमा मात्रै हालसम्म ३ जना आमन्त्रीत केन्द्रिय सदस्य बनिसकेका छन् । देशभर सय भन्दा बढीलाई आमन्त्रीत सदस्यमा नियुक्त गरिसकेको छ ।