बमिस एस.ई.ई को ट्यालेण्ट सो

पोखरा, असार ४ ।

इभेन्टस फोर यू प्रा.लिको आयोजना तथा सा रे ग म ईन्टरटेन्टमेण्ट हाउसको सहकार्यमा संचालन भएको मिस एस ई ई पोखरा पाँचौ संस्करणको ट्यालेण्ट सो सम्पन्न भएको छ ।

एस. ई.ई दिएर बसेका छात्राहरुको प्रतिभा र सौन्दर्य सँगै भविष्य निर्माण गर्न अभिप्रेरित गर्ने उद्देश्य का साथ आयोजना गरिएको सो सौन्दर्य प्रतियोगिताको प्रतिभा प्रस्फुटन कार्यक्रम मा मिस थकाली २०१२ निलिमा हिराचन, नृत्य निर्देशक प्रिती गुरुङ, रयाम्प कोरियोग्राफर सुरेश बराईली र मिस जुनियर पोखरा – २०१२ सृष्टि हमाल निर्णायक रहेका थिए ।

ह्वाईट हाउस् पार्टी प्यालेस मा भएको सो कार्यक्रम मा प्रतियोगिले विभिन्न साँस्कृतिक तथा गित संगित प्रस्तुत गरेका थिए । यहि आउदो असार ९ गते पोखरा उधोग वाणिज्य संघको हलमा १ बजे हुने आयोजक विशाल गुरुङ बताए । प्रतियोगितामा विजेताले चाँदीको ताज, पचास हजार नगद, विज्ञापन मा अभिनय गर्ने भुमिका लगायत अन्य विजेताले थुपै्र अवसर प्राप्त गर्ने कार्यक्रम संयोजक सुशिल नेपालीले बताए । कार्यक्रमको संचालन सचिन रानाभाटले गरेका थिए ।