बजाजको नया एभेन्जर १८० स्ट्रीट मोटरसाईकल पोखरामा

पोखरा, जेठ ७ ।

नेपालमै सर्बाधिक बिक्रि हुने बजाज कम्पनीले नया एभेन्जर १८० स्ट्रीट मोटरसाईकल पोखरामा ल्याएको छ । स्पोर्ट सेगमेन्टमा नयां आयाम थप्नका लागी अत्याधुनिक तथा सुरक्षित एभेन्जर मोटरसाईकल बजारमा ल्याईएको ईच्छाशक्ति अटोमोबाईल्स प्रालिद्धारा सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । उक्त मोटरसाईकलको लन्च अग्रज पत्रकार रुद्रबहादुर थापा, ईच्छाशक्ति अटोमोबाईल्स प्रालिका संचालक ईच्छामान बुद्धचार्य, पत्रकार भरत कोईराला, फोनिज कास्कीका अध्यक्ष एबम् एबिसि न्युज ४ नं प्रदेश प्रमुन एम बि आस्था लगायतले गरे ।

सोही अबसरमा बोल्दै ईच्छाशक्ति अटोमोबाईल्स प्रालिका संचालक ईच्छामान बुद्धचार्यले दुई आकर्षक रंगहरुमा उपलब्ध भएको सो मोटरसाईकलको मुल्य सिमित अबधिका लागी २ लाख ७१ हजार ९ सय निर्धारण गरिएको बताए । उनका अनुसार उक्त मोटरसाईकलमा सुरक्षित रोड ग्रीप सहितको ट्युवलेस टायर र १८० सिसि डि.टि आई ईन्जिन सहितको १५.५ पि एस पावर, डिजिटल मिटर, डि.आर.एल, लयायतका उत्कृष्ट बिशेषताहरु रहेका छन । बुद्धचार्यले बिशेषगरी आरामदायी तवरले सुरक्षित यात्राको लागी सो मोटरसाईकल उचित रहेको बताए ।

उनले भने “यसको अतुलनिय पावर र माईलेजको समायोजनकै कारण यस सेगमेन्टको मोटरसाईकलहरु मध्ये एक उत्कृष्ट हो ।” उनले एभेन्जर मोटरसाईकल युवा पुस्ता देखी बुद्धहरुले समेत प्रयोग गर्न सक्ने बताउदै सिमित समयको लागी कम मुल्य निर्धारण गरेकोले ग्राहकहरु यथाशिघ्र बुकिङ गर्न सक्ने समेत बताए ।