बङ्गलादेशद्वले नेपालको ९ हजार मेगावाट विजुली किन्ने

काठमाण्डौं, भदौ २१ ।
बङ्गलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङ्गलादेशले यस्तो योजना सार्वजनिक गरेको हो ।

उसले २०४० भित्र ९ हजार मेगावाट नेपालबाट बिजुली खरिद गर्ने योजना अघि सारेको हो । बङगलादेशको पावर, उर्जा र मिनरल रिसोर्स मन्त्रालय अन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट बिजुली आयात गर्ने उल्लेख छ ।