फोटोमा हेर्नुस ४ नम्बर प्रदेशका सांसदको सपथ

प्रकाश ढकाल
पोखरा, माघ ७ ।
प्रदेश नम्बर ४ का सांसदहरुले सपथ ग्रहण गरेका छन् । विशेष समारोहका बीच आईतबार पोखराको नदीपुर स्थित प्रदेशसभा भवनमा प्रदेशका जेष्ठ सांसद जनकलाल श्रेष्ठले उनीहरुलाई सपथ खुवाएका हुन् । आईतबार यहाँका ५८ सांसदले सपथ लिएका छन् । सुरुमा जेष्ठ सदस्य श्रेष्ठलाई प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेश प्रमुखको कार्यालयमा सपथ खुवाएका थिए । त्यसपछि श्रेष्ठले अन्य सांसदलाई सपथ खुवाएका हुन् ।  
प्रदेशसभाको सपथ ग्रहण कार्यक्रममा यहाँका २ जना सांसद सहभागी भएनन् । मनाङबाट निर्वाचित राजीव गुरुङ (दिपक मनाङ्गे) र तनहुँका सांसद रामबहादुर गुरुङ सहभागी नभएका निर्वाचन कार्यालय पोखराले जनाएको छ । मनाङ्गेलाई प्रहरीले पक्राउ गर्ने बताएपछि सहभागी नभएका हुन् भने गुरुङ चाहीँ बैदेशिक भ्रमणमा रहेका कारण कार्यक्रममा सहभागी नभएका श्रोतले जनाएको छ । उनीहरुले पछि पनि सपथ लिन पाउनेछन् ।