फेवाताल किनारको सडक कालोपत्रे गरिने, २ करोड बजेट विनियोजन

पोखरा, पुस ९ ।
हल्नचोक–पामे–ठुलाखेत –घाँटीछिना सडक आयोजना स्तरोन्नत्ति हुने भएको छ । प्रदेश सरकार मातहको ‘पूर्वाधार विकास कार्यालय’ र ‘वल्र्ड बैंक’ बाट बाटोको स्तरोन्नत्तिका लागि २ करोडभन्दा बढी रकम निकासा भए पछि बाटोको स्तरोन्नत्ति हुने भएको हो ।

आयोजना सुरु गर्नका लागि लगतकट्टा र सेन्टरपोइन्ट जाँच्ने काम भइसकेको सडक निर्माण समितिका अध्यक्ष लेखनाथ पराजुलीले बताए । ‘अमिन र इन्जिनियर ल्याएर लगतकट्टा र सेन्टरपोइन्ट जाँच्ने काम भईसक्यो,’ उनले भने, ‘अब ६–७ सय पृष्ठको भिजिएमपि बनाएर ‘वल्र्ड बैंक’मा बुझाउनुपर्छ ।’

साविकको जिल्ला विकास समितिको सिफारिसमा ४ वर्षअघि ‘वल्र्ड बैंक’ सँग सम्झौता भएको तर पछि सिमसार क्षेत्रमा परेको भन्दै सडक निर्माणको काम अस्विकार गरेको थियो । ‘०७१ माघमा सम्झौता गर्यौ, ०७१ मै नेपाल सरकारले तालमाथिको क्षेत्रलाई सिमसार क्षेत्र घोषण गर्यो,’ उनले भने, ‘त्यसपछि सिमसार क्षेत्र माथि बाटो बनाउँन वल्र्ड बैंकले अस्विकार गर्यो ।’ पछि नगरपालिकाबाट १ करोडको बजेट पर्यो खपौदीसम्म बाटो पु¥याएको उनले सुनाए ।

बाटोको कालोपत्रे गर्न प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयबाट १ करोड ३ लाख र सडक स्तरोन्नत्तिका लागि वल्र्ड बैंकबाट १ करोड ३० लाख रुपैयाको बजेट निकासा भएको उनले जानकारी दिए ।

वल्र्ड बाटबाट परेको बजेट बाटोको स्तरोन्नत्ति र प्रदेश सरकारबाट परेको बजेट खपौदि देखि पीच गर्न सुरु गर्ने उनले बताए । कुन कम्पनीले काम गर्ने भन्ने अझैं थाहा नभई सकेको निमार्णका लागि ई–टेन्डर खुला गरिने उनले जनाए ।