फेवातालमा मृत भेटिए डा. कुवँर

पोखरा, २६ साउन ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १ घर भई पोखरा ८ रत्नचोक बस्दै आएका डा. जहेन्द्र कुँवर मृत भेटिएका छन् ।

कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङका अनुसार उनको शव विहान ७ बजे फेवातालमा भेटिएको हो । पोखरा ६ केदारेश्वर मन्दिरको नजिकै फेवातालमा उनको शव भेटिएको हो । ‘विहानै ७ बजेतिर ३५–४० वर्ष उमेरका डा. जहेन्द्र कुँवर भन्ने व्यक्तिको शव भेटियो । अरु अनुसन्धानमै छ ।’ डिएसपी गुरुङले भने ।

अहिले पोस्टमार्टमका लागि उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । परिवारले शंकास्पद मृत्यु भनेका छन् । प्रहरी प्रवक्ता गुरुङले साउन २४ गते साँझ घर छाडेर हिँडेको भन्ने बुझिएको बताए ।–गण्डकन्यूज