फेवातालको जलकुम्भी फाल्न मेसिन ल्याईयो

पोखरा, माघ १७ ।
फेवातालबाट फोहोर र जलकुम्भी झार झिक्नका लागि पोखरामा मेसिन आईपुगेको छ । मंगलबार पोखरा ल्याइपु¥याएको मेसिनलाई बुधबार फेवातालको बाराही घाटमा झारिएको पोखरा वडा नम्बर ६ का वडा सदस्य हरी पहारीले जानकारी दिए ।
सांसद रविन्द्र अधिकारीको निर्वाचन पूर्वाधार विशेष कार्यक्रम र पोखरा लेखनाथ महानगरपालिकाबाट ९२ लाख गरि १ करोड ४२ लाख रुपैयमा खरिद गरेको हो । फेवाताल पछिल्लो समय निकै फोहोर बन्दै गएको छ भने वर्षौदेखि जलकुम्भी फैलँदा कुरुप बन्दै गएको छ ।