फेरी अर्को फड्को हान्दिन सक्छु-प्रचण्ड

काठमाण्डौं, माघ २७ ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड अस्थिर भनेर व्यग्य नगर्न आग्रह गरेका छन् । ‘मलाई व्यग्य गर्न आवश्यक छैन’ चितवनमा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘म अहिले जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै मान्दिनँ । किनभने प्रचण्ड भनेकै त्यही भइसक्यो, अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अघि बढ्ने ।’
बाल्मिकी पहिला डाँका रहेको र बुद्ध धर्मलाई स्थापित गर्ने राजा अशोक पनि युद्ध कमाण्डर भएको उनले स्मरण गरे । आफ्नो स्थिति पनि अरु पार्टी र नेताहरु भन्दा भिन्न रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, फरक हुनुमा मलाई गर्व छ ।’ वाम सरकार छाडेर कांग्रेसको सहयोगमा प्रधानमन्त्री हुँदा धेरैलाई भ्रम परेको उनले सुनाए । ‘प्रधानमन्त्री बन्न मात्र गयो भन्ने परेको होला, त्यो सत्य होइन’ उनलेभने। मैले मात्र पार्टीहरुको तिक्तता र जातीहरुबीच बढेको दुरी घटाउन सक्छु भन्ने लाग्यो ।‘ राजनीतिबारे प्रतिकात्मक रुपमा मात्र बोलेको भन्दै उनले कुनै दिन साच्चीकै रुपमा भन्ने बताए ।